नेपाल, भारत, श्रीलंकालगायत ६ देशका टिम सहभागी क्रिकेट नेपालमा हुने, विजेताले २५ लाख पाउने



काठमाडौं, जेठ २८ – एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब ९भारत०को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।

nepall 5555555
लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्