नगरपालिकाले कोचिङ क्लास संचालन गर्न पहल गर्ने



सैघाली खबर
रोल्पा ,१२ माघ


रोल्पा नगरपालिका अन्तर्गतको नगरशिक्षा समितिले नगरक्षेत्र भित्रमा रहेका विद्यालयहरुमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउन र विद्यार्थीहरुलाई अत्याधिक अप्ठ्यारोको रुपमा रहेको तीनवटा विषय अंग्रेजी, गणित र विज्ञान विषयलाई व्यवस्थित बनाउने विभिन्न किसिमका अवधारणाहरु ल्याउने निर्णय गरेको छ ।

साथै बैठकले यस वर्षमा नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक स्तरका सरकारी विद्यालयहरुमा अंग्रेजी, विज्ञान, गणित विषयका लागि कोचिङ कक्षा सञ्चालनमा प्रोत्साहन गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको छ । शिक्षालाई गुणस्तरीय बनाउन, एसईई परीक्षालाई मर्या्िदत र रोल्पाको शिक्षामा सुधार ल्याउनका लागि यो पहल थाल्ने समेत निर्णय गरेको हो ।

रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय शिक्षा ऐन –२०७४ निर्माणका लागि नगरपालिका स्तरीय विज्ञ टिमको निर्माण गर्ने निर्णय गरेको छ । जसमा राजेश धिताल, मधुसुदन पोखरेल, विना मल्ल, लोककुमार श्रेष्ठ, कृष्णबहादुर पुन लगायत सम्मिलित एक समूह गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्