निषेधाज्ञाको पहिलो दिन सुनको मूल्य तोलामा ३ सयले बढ्यो



वैशाख १६, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ३ सय रुपैँयाले बढेको छ । हिजो प्रतितोला रु ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज भने रु ३ सयले बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ९० हजार ३ सय कायम गरिएको छ । चाँदीको मुल्य तोलामा रु १३१५ कायम गरिएको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्