स्वरोजगारका लागि शैक्षिक सुधार : प्रमुख पाण्डे



सैघाली खबर
दाङ ,१२ माघ

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डले शैक्षिक गुणस्तर खस्कदा बेरोजगार उत्पन्न भएको वताएका छन् । ग्रेट अरिनको इङलिस सेकेन्डरी स्कुलको २१ औं वार्षिकोउत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दे प्रमुख पाण्डेले यस्तो वताएका हुन् ।

स्वरोजगार शिर्जन गर्न रुपान्तरनमुखी शिक्षा आबश्यक रहेको उनले वताए । रुपान्तरणमुखी शिक्षा नहँदा सम्म मुलुकमा ठूलो शैक्षिक समस्या देखा पर्ने उनले वताए । अब नयाँ सोच र योजनाका साथ अघि बढेर शिक्षालाई परिवर्तन गर्न सकिने उनको भनाई छ ।

उनले तुलसीपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजना बनाएको समेत वताए । उनले स्वरोजगार पैदा गर्न प्राविधिक शिक्षाले आबश्यक रहेको समेत वताए । मान्छेलाई रोजगारी र समृद्धिको यात्रामा अघि बढाउने भन्दै अब त्यस तर्फ सोच्न आवश्यक रहेको उनको भनाई छ ।

साथै प्राबिधिक शिक्षा सञ्चालन गर्ने संस्थालाई त्यहाँ सम्म पुग्ने बाटो पक्की, विजुली लगाएतका भौतिक पुर्वाधारको विकासका लागि उपमहानगरले सहयोग गर्न वताए ।कार्यक्रममा प्रिन्सीपल मानबहादुर बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बार्षिक उत्सबमा उत्कृष्ट शिक्षक लक्ष्मी केसी, धिरेन्द्र देवकोटा र कार्यालय सहयोगी मायवती चौधरीलाई सम्मान गरिको थियो । ग्रेट अरिनको इङलिस सेकेन्डरी स्कुल संचालक समितिका अध्यक्ष शालिक राम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्यावसन दाङका अध्यक्ष यादव गिरी, तुलसीपुर उपमहानगरपालिका ६ का वडाअध्यक्ष नवराज लामीछाने, १८ का वडा अध्यक्ष माधव वली, प्रमुख वक्ता ढुण्डीराज गिरी, विष्णुप्रसाद देवकोटा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा विद्यालयमा अध्यनरत विभिन्न छात्राहरुले रोचक र कलात्म प्रस्तुती राखेका थिए । कार्यक्रमको संहजीकरण शिक्षक नारायण भट्टराईले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्