सैघाली खबर
दाङ,१२ माघ । माबि दुधरासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं दलित अगुवा देवराज विश्वकर्माले बिपन्न समुदायका लागि निशुल्क शिक्षा प्रदान गर्ने वताउँनु भएको छ । सैघाली खबर संग कुरा गर्दे विश्कर्माले यस्तो बताउँनु भएको हो । यही माघ १८ गते २४ गते सम्म्म प्राविधिक शिक्षा सञ्चालनको सहयोगार्थ विद्यालयमा श्रीमत भागवत ज्ञान महायज्ञ संचालन गर्न लागेको बताउँदै विपन्न समुदायका लागि निशुल्क शिक्षा प्रदान गर्न आफु लाग्ने वताउँनुभयो ।
प्राविधिक शिक्षा संचालनका लागि सम्पूर्ण तयारी तिव्र गतिमा अगाडी बढेको बताउँदै पढ्न लेख्न नपाएका दलित अल्प संङख्यक समुदायका बालबालिकाका लागि पनि पढ्ने वातावरण तयार पर्ने बताउँनुभयो ।
दाङमै सिभिल ईन्जिनेरिङ अध्ययन अध्यापनका उद्देश्य महायज्ञको ८० प्रतिशत काम सकिएको विश्वकर्माले जानकारी दिनुभयो ।पत्राचार, आन्तरिक भेटघाट र समन्वयको काम पनि जारी रहेको बताउँदै विद्यालयले शिक्षण यात्रा शुरु गरेको करिव ६७ वर्ष पछि स्तरिय प्राविधिक शिक्षा सञ्चालनका लागि यो प्रयास थालेको समेत उल्लेख गर्नुभयो ।महायज्ञ सञ्चालनका लागि स्थानियहरु सहयोग र हौसला पनि वढ्दै गईरहेको भन्दै स्थानिय शिक्षाप्रेमीहरु स्वस्फुर्त रुपमा सहयोग गर्न लागेको वताउँनुभयो ।प्राविधिक शिक्षा सञ्ंचालनका लागि करिव पाँच करोड रुपैयाँ आवश्यक पर्ने देखिए पनि विद्यालयले महायज्ञ वाट करिव एक करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखिएको उँहाको भनाई छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।