सैघाली खबर
दाङ,१२ माघ । पत्रकार नारायण खड्का नदीन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । पत्रकार महासंघ दाङ शाखाले आज एक कार्यक्रमको आयोजना गरी खड्कालाई पुरस्कृत गरेको हो । खड्कालाई प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी नारायण प्रसाद शर्माले नगद सहित प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले समाज रुपान्तरका लागि पत्रकारले कलम चलाउँनु पर्ने बताउँनुभयो ।
समाज रुपान्तरको जिम्मा पत्रकारको काधमा रहेको वताउँदै त्यसै बमोजिम भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नदीनका बुवा दामोदर सुवेदीले दुर्घटना नियन्त्रणका लागि पत्रकारलाई कलम चलाउँन सबै आग्रह गर्नुभयो । नदीनको २०६७ मा १२ गते दुर्घटनामा परी मृत्यु भएको थियो । खड्का रेडियो संजीवनीमा कार्यरत रहनु भएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्ले, पुरस्कृत व्यतित्व नारायण खड्का , लगाएतले बोल्नु भएको थियो । पत्रकार महासंघ दाङका कार्यवहाक अध्यक्ष लिला शाहको अध्यक्षता भएको कार्यक्रम मा स्वागत उपाध्यक्ष डिल्ली मल्लले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन सचिव भुपेन्द्र ओलीले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।