नारायणी अस्पतालमा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि



वैशाख १७ , वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् ।

संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १/१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्