आर्थिक

निषेधाज्ञाको दोस्रो दिन सुनको मूल्य तोलामा ९ सयले घट्यो

By Saru Sunar

April 30, 2021

वैशाख १७ , काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ ।