सदरमुकाम सार्ने निर्णय बिरुद्ध रुकुमकोटबासी आन्दोलित



 

सैघाली खबर

दाङ,१२ माघ ।
रुकुम पूर्व — जिल्ला सदरमुकाम सार्ने निर्णय गरिएपछि रुकुमकोटबासी आन्दोलीत भएका छन् ।देशको कान्छो जिल्लाको मान्यता पाएको रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारण आन्दोलीत बनेका छन् ।

बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने गएराती मसाल जुलुस पनि निकालेका थिए ।रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरेको स्थानीय केशवचन्द्र समालले बताउनुभयो । ‘सबैलाई न्याय हुने गरी भएको सदरमुकाम अन्यत्रै सार्नु भनेको जनतालाई दुस्ख दिनु हो,’ उहाँले भन्नुभयो

विरुद्ध हामी जिल्लाबासी आन्दोलीत भएका छौं ।’राति नै आवश्यक सरसामान सार्नसक्ने भन्दै कतिपय स्थानीय रातिदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा बसेका छन् भने कतिपय सडकमै बसेका छन् ।२०७२ साल असोज ३ गते जारी भएको संविधानमा साविकको रुकुम जिल्लालाई दुई छुट्टाछुट्टै प्रदेशमा राखिएको थियो । गत असोज २० गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो ।

रुकुमकोट साविक रुकुम जिल्लाको सदरमुकाम पनि थियो । २०१९ सालमा स्थापना भएको सदरमुकाम २०३० सालमा मुसीकोट सारिएको थियो । साविक जिल्लाको सदरमुकाम सारिएको ४४ बर्षपछि रुकुमकोटलाई छुट्टै जिल्लाको सदरमुकाम बनाइएपनि त्यो धेरै समय टिक्न नपाउने स्थिति आएको स्थानीयले बताएका छन् । यस अघिको सदरमुकाम जवरजस्त सारिएपनि अब भने कुनै पनि हालतमा सदरमुकाम सार्न नदिने भनाई उनीहरुको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्