समस्या पर्दा हतोत्साही होइन, जिम्मेवार बनौं



कोभिड–१९ का कारण जनतामा स्वास्थ्य संकट गहिरिंदो छ । संक्रमितको संख्या दैनिक बढ्दैछ । मृत्यु हुनेहरुको पनि बढिरहेको छ । तर हामीसँग उपचारको लागि भरपर्दो तयारी छैन ।

सरकारी पहल जुन स्तरमा हुनुपर्ने हो त्यो अनुसारको भएको मानिएको छैन । तर मन लागेर लाग्ने हो भने अहिले पनि तयारी गर्न सकिन्छ । अक्सिजनको व्यवस्थापन अझैं पनि गर्न सकिन्छ ।

दाङ जिल्लामा रहेका विद्यालय र सभाहलहरु प्रयोग गरेर आइसोलेसन बनाउनु पर्छ । साथै यसका लागि जिल्लाका सम्पूर्ण जनप्रतिनिधिहरुले अगुवाइ गर्नुपर्छ र गर्नुहोस् भन्ने जनताको चाहना पनि रहेको छ ।

त्यसका लागि जनता साथमा हामी छन् । त्यसका लागि सरकारसित भएको बजेट ठिक तरिकाले प्रयोग गर्नुपर्दछ । यस्तो स्वास्थ्य बेला भौतिक पूर्वाधारका काम नगर्दा पनि केही फरक पर्दैन ।

एक्लै समस्या समाधान गर्न सकिँदैन भने पूँजीपति र सहयोगीहरुलाई सहयोगको लागि आह्वान गर्नपनि सक्नु पर्छ र उनीहरुले यस्तो बेला सकेको सहयोग गर्नु पनि पर्दछ ।

यसो गरेमा हामी आम नागरिकलाई मनोवैज्ञानिक रुपमा पनि बचाउन सक्छौं र आफू पनि बच्न सक्छौं । रोगलाई जित्न सक्छौ र नयाँ जीवनको सुरुवात पनि गर्न सक्छौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्