झापामा १९ गते मध्य रातदेखि लागू हुने गरि निषेधाज्ञा जारी



वैशाख १८, काठमाडौँ । कोरोना संक्रमित बढेपछि झापामा शनिबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन ।

निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइनेछ भने औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्