प्रदेश समाचार

कोरोना प्रकोप बढ्दै जाँदा सिमा सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा निगरानी

By Saru Sunar

May 01, 2021

१८ बैशाख ,महेश सिंह

सिरहा लहान- नेपाल लगायत विश्व भरी तिब्र गतिमा फैलिएको कोरोना महामारीको त्रासले विश्व आतंकीत बनेका छन् ।

नेपालमा पनि दिना नुदिन कोरोनाको बिरामी थपिदै जादा नेपाल सरकारले सर्वसाधारणलाई कोरोनाको महामरीबाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा बैशाख १५ गते देखि नेपाल भारतको सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो ।

बिगतको बर्षमा पनि क्रोना भाईरसले विश्व भरी बिटनडा मचाएका थिए। कोरोना भाइरसको संक्रमित तिब्र गतिमा बडिरहेको छ। नेपाल सरकारले बैशाख १५ गतेदेखि पुर्ण रुममा सिमा नाका बन्द गरेका हुन।

सिरहाको नबराजपुर गाउँपालीका सिमा क्षेत्रमा पर्ने सिमा प्रहरी चौकी झाझ पटीका इन्चार्ज सैलेन्द्र यादवको कमान्डमा खटीएका प्रहरी टोलिले तैनाथ रहेका छन् । सशस्त्र प्रहरी बल झाझ पटीका ईन्चार्ज प्रहरी निरीक्षक राम चन्द्र लाउजीका कमान्डमा खटीएका प्रहरीले कडा रूपमा सिमा नाका बन्द गरेको शस्त्रका जवान प्रबिन यादव ले जानकारी दिनु भयो ।

महामारीबाट बचन सर्वसाधारणलाई जन्चेतना दिदै बाटोमा हिडने सर्वसाधारण नि:सुल्क माक्स वितरण गरेका छन् । उक्त प्रहरीको सराहनीय काम हेरेर स्थानीयले खुशी हुँदै प्रहरी प्रतिको हेर्ने दृस्ठि कोण सकारात्मक रहेको भन्दै धन्यवाद दिएको सम्बन्धि वडाका अध्यक्ष मनोज यादवले जानकारी दिनु भयो ।