निःशुल्क आँखा परिक्षण दाङका कैदीबन्दीहरुलाइ गरीयो



aakhaaa

दाङ, जेठ २८( दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिए।

कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले उनीहरुको सहजताका लागि कारागारभित्रै आँखा परीक्षण आयोजना गरिएको कारागार प्रशासनले जनाएको छ । आँखा परीक्षण गराएका कैदीबन्दीमध्ये २१ जनालाई चश्मा प्रयोग र पाँच जनाको आँखामा मोतिविन्दु देखिएको गौतमले बताएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्