समिक्षा गाहा, घोराही १२ माघ ।
घोराहीमा सञ्चालन हुन लागेको महोत्सवको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
ब्यापारीक तथा पर्यटन एवं प्रदेश स्तरीय औधोगिक कृषि मेला २०७४ लाई सफल पार्न साहित्य तथा प्रचार प्रसार उपसमिति गठन गरिएको हो ।शुक्रबार बसेको बैठकले माया पोख्रेलको सयोजंकत्वमा प्रचार प्रसार उपसमिती गठन गरेको छ ।
जसको उपसंयोजकमा पत्रकार महासघं दाङका उपाध्यक्ष लीला शाह रहनु भएको छ।। यस पटक पत्रकार महिलाहरुको सहभागीतामा विस्तार गरिएको छ। उपसमीतीका अन्य सदस्यहरुमा गोरक्ष राष्ट्रिय दैनिकवाट सुलोचना गौत्म,नयाँ युगबोध राष्ट्रिय दैनिकका लक्ष्मी आर्चाय,रेडियो स्वर्गद्धारीबाट पार्वती बस्नेत,रेडियो मध्यपश्चिम वाट बिमला घर्ति,रेडियो ईन्द्रेणीवाट सबिता चौधरी,रेडियो तुलसीपुरका शर्मिला डि.सी,राप्ती पोष्ट दैनिकका बिनु दाहाल,एस.टि.एन.टेलिभिजनका निरला अर्याल गैरे,सैघालि खबर अनलाईनका समिक्षा गाहा मगर,लौह्वा अग्रासनका सरिता चौधरी,रेडियो मध्यपश्चिमका शुसीला आर्चाय,दैनिकपत्रका सपना बोहरा,अस्मीता चौधरी लगायत रहनुभयको छ । माया पोख्रेलको अध्यक्षता उद्योग वाणीज्य सघंका महासचिब नरेश कार्कीको प्रमुख आतिथ्यमा भएको बैठकको सहजीकरण उद्योग वाणिज्य सघंकी सदस्य बिन्ददाहालले गरेकी थिईन । घोराहीमा फागुन ३ देखि १३ गते सम्म महोत्सब सञ्चालन हुदै छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।