श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भयो



वैशाख १८,काठमाडौँ । श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो । यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए । उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।

त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् । यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ । पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरूबीच हुनुपर्ने भए पनि लामो समयदेखि सहमति नभएपछि सरकारले हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्