टप फिचर

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

By Saru Sunar

May 01, 2021

वैशाख १८, काठमाडौं ।  मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ७६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २८७ संक्रमित निको भए, यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।