सैघाली खबर
कृषि ब्यवसाय एवं पर्यटनमा प्रोत्साहनःदीगो अर्थतन्त्रका लागि अमूल्य योगदान भन्ने मूल नाराका साथ ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ सुरु भएको छ ।
महोत्सवको प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नु भएको थियो । महोत्सबको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले नारायणपुरमा संचालित महोत्सबले आर्थिक समृद्धिको लागी ढोका खोल्ने वताउँनुभयो । देश संघीयतामा गए संगै नेपालको आर्थिक बिकास तिव्र गतिमा अगाडी बढ्ने वताउँदै यस्ता मेला महोत्सबले राष्ट्र विकासमा थप टेवा पु¥र्याउँने उल्लेख गर्नुभयो ।
महोत्सबले स्थानिय स्तरमा उत्पादित कृषिजन्य बस्तुको प्रर्वदन गर्नु पर्ने उल्लेख गर्दै साना उद्योगी व्यावसायीलाई पनि संगै समेट्नु पर्ने बताएउँनुभयो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलेले यस्ता मेला महोत्सबले पर्यटकिय क्षेत्रको विकासका लागी निकै सहयोग पु¥याउने बताउँनुभयो ।
दाङ आफैमा महत्व पूर्ण क्षेत्र भएको वताउँदै यस क्षेत्रको कला संस्कृतिको संरक्षणका लागी पनि सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका माधव पाण्डे, काग्रेसका भुपबहादुर डाँगी, एमालेका सुदन ओली लगाएतले बोल्नु भएको थियो । महोत्सब उद्घाटन नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।महोत्सबमा २ सय ३० स्टलवटा कृषि, पर्यटन एवं व्यपारीक स्टलहरु रहेका छन् ।
करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सव उदघाटन पूर्व विभिन्न जुलुस झाँकी सहित बजार परिक्रममा गरिएको थियो ।महोत्सबमा स्थानिय स्तरमा उत्पादित वस्तुहरुको प्रर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुती, रहने जनाएको छ ।महोत्सब माघ २३ गते सम्म जारी रहने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।