`ज्यान जाला´ छोटो समयमा नै सबैको मनमुटुमा बस्न सफल



बुटवल । हुकुम थापाको पहिलो लोक दोहोरी गीत ‘ज्यान जाला’ को अडियो,भिडियो सार्वजनिक भएको छ ।
गुल्मी मुसिकोट नगरपालिका वार्ड नम्बर ६ चिदिमा जन्मेर

रेडियो गुल्मी 91.2 mhz , रुरु 94.8 , रुद्रावती 98.1 mhz अनि bee tv hd गुल्मी तम्घासमा बिगत ४ बर्ष देखि निरन्तर लोक मन्जरी लोक बिसौनी , लोक सन्ध्या अनि बाल चौतारी जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आउनु भएका सञ्चारकर्मी तथा नवगायक हुकुम थापाको यो पहिलो गित नयाँपाइला युटुव मार्फत सार्वजनिक भएको छ।

नेपाली लोक संगीतको बजारमा मौलिकता झल्कने गितमा पुरुष आवाज हुकुम थापा त्यसै गरि मधु घिमिरेको रहेको छ भने महिला आवाजमा सुनिता बुढा क्षेत्री र हिमा थापाको रहेको छ।

उक्त गीतमा लय तथा शब्द नेत्र अर्यालको रहेको छ भने एरेन्ज महेन्द्र भण्डारीको रहेको थियो। गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ भने अर्जुन कुवँर,आयुष्मा कार्की, लोमस शर्मा लगायतको अभिनय रहेको देख्न पाइन्छ।

XMA Header Image
New Nepali Lok Dohori Song 2078/2021 ज्यान जाला | Jyan Jala – Sunita Budha Chhetri & Hukum Thapa
youtube.com

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्