narayani ded

प्रदेश समाचार

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

By Saru Sunar

May 02, 2021

वैशाख १९ , काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको नेपालगञ्जस्थि नर्सिङ होममा मृत्यु भएको उनले बताए । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आइतबार बिहान स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल ल्याउने तयारी गर्दा गर्दै घरमै उनको मृत्यु भएको ओलीले बताए ।