झरी संगै निषेधाज्ञाकाे चौथो दिन कस्तो हुदैंछ उपत्यकामा ? (फोटो फिचर)



कमल बिक्रम जिसी,  काठमाडाैं ।   कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले बिहिवार राति देखि लागु हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक बाहेकका सवारी नचलेपछि उपत्यका सुनसान जस्तै बन्दै गएकाे हाे । सरकारले जारी गरेको निषेधाज्ञाको आज चौथो दिनमा थप कडाइ गरिएको छ।

तस्बिर : कमल जिसी

सडकमा हुने भिडभाड र हिड्डुल गर्ने पैदल यात्रु समेतलाइ निस्कन दिएको छैन। कलंकी नागढुंगा सडक खण्डमा पनि सुनसान जस्तै देख्न सकिन्छ।

 

अत्यवश्यक बाहेकका सवारी लाई मात्र ओहोरदोहोरका लागि खुला गरिएको छ भने, जिल्ला प्रशासन कार्यालयको आधिकारिक पास भएमा छोडेको प्रशासनले बताएको छ।

विभिन्न संघ सस्था तथा अन्य मानब सहयोगी संस्थाहरुले अलपत्र परेका हरुलाई मास्क सेनीटाइजर वितरण गरिरहेका छन्।

तपाइको मास्क खोइ ? तपाइले मास्क छुटाउनु भयो कि ? अनिवार्य मस्क प्रयोग गरौँ ? लेखेर प्लेकार्ड बोकेका तथा सडक छेउमा प्रहरी कर्मचारी केहि स्थानमा बसेका समेत देख्न सकिन्छ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्