कमल बिक्रम जिसी, काठमाडाैं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले बिहिवार राति देखि लागु हुने गरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक बाहेकका सवारी नचलेपछि उपत्यका सुनसान जस्तै बन्दै गएकाे हाे । सरकारले जारी गरेको निषेधाज्ञाको आज चौथो दिनमा थप कडाइ गरिएको छ।
तस्बिर : कमल जिसी
सडकमा हुने भिडभाड र हिड्डुल गर्ने पैदल यात्रु समेतलाइ निस्कन दिएको छैन। कलंकी नागढुंगा सडक खण्डमा पनि सुनसान जस्तै देख्न सकिन्छ।
अत्यवश्यक बाहेकका सवारी लाई मात्र ओहोरदोहोरका लागि खुला गरिएको छ भने, जिल्ला प्रशासन कार्यालयको आधिकारिक पास भएमा छोडेको प्रशासनले बताएको छ।
विभिन्न संघ सस्था तथा अन्य मानब सहयोगी संस्थाहरुले अलपत्र परेका हरुलाई मास्क सेनीटाइजर वितरण गरिरहेका छन्।
तपाइको मास्क खोइ ? तपाइले मास्क छुटाउनु भयो कि ? अनिवार्य मस्क प्रयोग गरौँ ? लेखेर प्लेकार्ड बोकेका तथा सडक छेउमा प्रहरी कर्मचारी केहि स्थानमा बसेका समेत देख्न सकिन्छ।