अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दाङमा हुने



सैघाली खबर
काठमाडौं,१३ माघ


नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीले आफ्नो २१औँ राष्ट्रिय सम्मेलन आगामी फागुन २७ देखि ३० गतेसम्म दाङमा गर्ने भएको छ।पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले सम्मेलनका लागि  संयोजकत्वमा दुई हजार १२१ सदस्यीय मूल परिचालन समिति गठन गरिएको जानकारी दिए।

शिक्षा क्षेत्रका माफियाले शैक्षिक क्षेत्रलाई व्यापार गर्ने थलो बनाएकाले त्यसविरुद्ध सङ्गठन मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्म पुग्ने बताउँदै सिंहले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी दक्ष जनशक्ति उत्पादनतर्फ उपयोग हुन नसकेको, सरकारले निजी क्षेत्रमाथि नियमन गर्न नसक्दा शैक्षिक माफिया बढेको र शैक्षिक संस्थाले मनपरी शुल्कवृद्धि गरेको आरोप लगाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्