विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ



 काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा, पटेर्वासुगौली गाउँपालिका-५ निचुटा बस्ने ३७ वर्षीय लक्ष्मी राउत कुर्मीलाई करिब ३ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो पदार्थ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कुर्मीको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर  , बेलडाँडी गाउँपालिका-३ सिमलडाडीबाट ६ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भिमदत नगरपालिका-१८ भगतपुर बस्ने २३ वर्षीय प्रभु राज हमाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्