सरकारले कर्मचारीको सरुवा बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत काम गर्न नपाउने



सैघाली खबर
काठमाडौं,१३ माघ


राष्ट्रियसभा सदस्य निर्वाचनको आचार संहिता लागू भएसँगै सरकारले कुनै पनि कर्मचारीको सरुवा बढुवा,नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न नपाउने भएको छ । माघ २४ हुने निर्वाचनका लागि हिजोबाट आचार संहिता लागू भएसँगै अन्य सरकारले कर्मचारीको सरुवा बढुवा,नियुक्ति, अनुदान, सर्वेक्षण लगायत काम गर्न नपाउने भएको हो ।

वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालनमा आचार संहिता लागु नहुने निर्वाचन आयोगले  जानकारी दिएको छ । यस अवधिमा विकास निर्माणका लागि भन्दै आकर्षक तथा नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत पाइने छैन ।

आचार संहिता सरकार, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय, सञ्चारमाध्यमलगायतका हकमा लागू हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनको लागि हरेक प्रदेशबाट ८÷८ जनाका दरले ५६ जना निर्वाचित हुने राष्ट्रियसभाका लागि बुधबार भएको मनोनयन दर्तामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये १७ जना निर्विरोध भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभाका लागि तीन जना सरकारको सिफारिसरमा राष्ट्रपतिले मनोनित गर्नुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्