निर्लज्ज शिक्षा मन्त्री – खै स्कुलमा काेराेना खाेप – बढ्याे शिक्षककाे मृत्युदर



मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ ।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ ।

नेल्सन मन्डेलाकाे भनाई थियाे
“शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । ” तर विडम्बना काेराेना महामारी दोस्रो चरणमा पुनः नेपालमा फैलिरहदा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच कोरोना रोकथामको सन्दर्भमा जुहारी चलेकै छ । देशमा सबै क्षेत्रमा सेवा दिने जनशक्ति उत्पादन गर्ने शिक्षक र देशको सुन्दर भविष्य निर्माण गर्ने बालबालिका अाजका दिनसम्म कहिल्यै पनि राज्य र नेपालका राजनीतिक दलको प्राथमिकतामा परेका देखिदैन्न ।सबैभन्दा भिँडभाँडमा, घुलमिल हुने शिक्षक र विद्यार्थीहरु कोरोना विरुद्धको भ्याक्सिन आउँदा संघहरू प्रदेश तथा स्थानिय तहका कुनै पनि सरकारको न प्राथमिकतामा पर्यो, न राजनितीक दलको ।

आज यस्तो दिन पनि देख्न र सुन्न पर्यो यो देशमा राणा शासन अन्तभयो,पन्चायत अन्तभयो प्रजातन्त्र आयो लोकतन्त्र आयो गण तन्त्र आयो तर उनै र उहीँ ब्यक्तिलाइ आयो आएन गरिव र निमुखालाइ जसले चाकडी चाप्लुसी गर्नसक्यो त्यसलेमात्र अवसर पाउने यो मेरो देशमा शिक्षक सङ्, सङ्गठन र महासङ छ तर त्यसले आज सबैक्षेत्रले कोरोना बिरुध्द्को खोप पाइसक्दा समेत बिना खोप कामगर्न बाध्य शिक्षकको बारेमा आवाज बुलन्द गर्न नसक्दा कोरोनाको कारण हस्पिटल को अभाबमा,अक्सिजन ,आइसियु र भेन्टिलेटरको अभाबमा मिति २०७८/०१/१८ गते सम्म आफ्नो ज्यान गुमाउनुहुने सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गर्न भगवान सङ्ग प्राथना गर्दछु।
हाल सम्म मृत्युबरण गर्नुभएका शिक्षकहरु :-
१ नवराज सापकोटा ललितपुर
२ चन्द्राबती गुरुङ ललितपुर।
३ सन्जिव पन्त ललितपुर
४ मनिशा थापा बाके
५ रुपा चटर्जी बाके
६ दुर्गा तिवारी,रेग्मी बर्दिया
७ पार्वती न्यौपाने
८ लोकराज भट्ट कन्चनपुर
९ मन्जु के सि कन्चनपुर
१० काशी सि कार्की कन्चनपुर
११ हरिभक्त रोकाय जाजरकोट
१२ घनश्याम चौधरी नवलपरासी
१३ धर्मानन्द ओझा डढेलधुरा
१४ नबराज कालाथोकी दाङ
१५ मदन कुमार शर्मा दाङ
१६ वम बहादुर कुवर गुल्मी
१७ टेक बहादुर पाण्डे रुकुम
१८ बशुधा खड्गी मकवानपुर
१९ नारायण ज्ञवाली रुपन्देहि
२० शिव पोख्रेल डोल्पा
हार्दिक श्रध्दान्जली !!!
अनन्त राज पन्तकाे शब्दलाई सापटी लिएर भन्नुपर्दाशिक्षकहरुलाई भौतिक सेवा सुविधा त परै जाओस् शब्दोच्चारणमा प्रशंसा र धन्यवादको बदलामा शिक्षकहरुलाई जुका, निमुखा, आत्महत्या गर्न नसकेर शिक्षक बनेका जस्ता कुरा गर्ने हाम्रो शिक्षामन्त्री ज्यु यस्ता अभिव्यक्ति आइरहँदा शिक्षकको मनोबल कस्तो भएको होला केहि सोच्न सक्नु भएको छ?

लेखक/संकलक : शिक्षक विक्रम पाेख्रेल
बाल जनता मावि बनगाँउ दाङमा
कार्यरत हुनुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्