सैघाली खबर
धनुषा,१३ माघ
धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्तहामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते छन्। काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो बिहान २स् ३० बजेतिर सडकनजिकै पोखरीमा खसेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रविण धितालले जानकारी दिए।
मृत्यु हुनेहरूमा संखुवासभा धर्मदेवी–९ का २९ वर्षीय नयराज जिमी, मोरङ विराटनगर–४ की ४५ वर्षीया की शारदा रेग्मी दाहाल, विराटनगर–१ का प्रह्लाद न्यौपाने, खोटाङ निर्मलडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङ लेटाङ– ८ का ४० वर्षीय खेमकुमार रानामगर र पाँचथर रविकी प्रणीता राई रहेको धितालले बताए।
घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अनियन्त्रित गतिका कारण जीप दुर्घटना भएको प्रहरीको अनुमान छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।