नाका स्तरिय खेलकुद प्रतियोगिता फागुन १२ देखि



सैघाली खबर
दाङ, १३ नाका स्तरिय खेलकुद प्रतितियोगिता फागुन १२ देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । प्रावि डगमारानाकाको आयोजनामा ८ औ नाका स्तरिय खेलकुद प्रतियोगिता संचालन हुन लागेको ओ ।

२०५४ सालबाट सुरु भएको नाका स्तरिय खेलकुद प्रतियोगिता प्रत्येक नाका क्षेत्रमा हुदै आएको प्रावि खंग्रानाका प्रधानध्यापक रामशुरेश यादवले जानकारी दिनुभयो । नाकाक्षेत्रका विद्यालयमा अध्यणरत बालबालिकाको शैक्षिक र शारीरिक विकासका गर्ने उदेश्यका साथ खेलकुद प्रतियोगिता आयोजना गरिएको यादवले जानकारी दिनुभयो ।

 

प्रतियोगितामा प्राबि पटौली, कल्याणपुर .आधारभुत खग्रानाका, गारिया,डगमारा, सनुपत्री भैसाई,माबि भौवा,प्राबि स्याउल,प्राबि सिमगजरी गरी १० वटा विद्यालयको सहभागिता रहने यादवले जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा भलिवल, हाजिरी जवाफ, हाईजम्प लङजम्प,चित्रकला प्रतियोगिता संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्