सैघाली खबर,
तुलसीपुर १३ माघ ।
तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सब रोक्ने सहमती भएपछि राप्ती बहिरा संघले बिज्ञप्ति जारी गरी सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । बहिरा छात्राबास निर्माणका लागि आयोजना गरिएको महोत्सब आयोजना गरिएको थियो । तर उपमहानगर तथा यस क्षेत्रका व्यबसायीले बहिरा छात्राबास निर्माण गरिदिने सहमती भएपछि महोत्सब रोक्ने सहमती भएको थियो । राप्ती बहिरा संघका अध्यक्ष अजय कुमार शर्मा र प्रतिमा शर्माले एक बिज्ञप्ति जारी गरी बहिरा बालबालिकाको भबिष्य प्रति चिन्ता ब्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै महोत्सब सञ्चालनका लागि तयारी गर्ने क्रममा साथ दिने सबैलाई बिज्ञप्ति मार्फत धन्यवाद पनि दिईएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।