काठमाडौंबाट कोरोना संक्रमितलाई पुर्‍याइयो झापाको अस्पताल



वैशाख २०, काठमाडौं । काठमाडौंका अस्पतालमा कोभिड-१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा हवाई बेड लिफ्ट गरी बिरामी लैजानेक्रम जारी छ।

कारोना महामारीको पहिलो चरणमा काठमाडौं उपत्यका बाहिरका बिरामीलाई हवाई बेड लिफ्ट गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो। यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत बेड सिफ्ट गरिएको छ।

काठमाडौंका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि झापा कमल गाउँपालिका वडा -५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको बताइएको छ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ। हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ।

बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ। उनले भने ‘ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौँ। बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ।’ अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ। विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेकाे बताइएकाे छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्