प्रदेश समाचार

चितवनमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

By Saru Sunar

May 03, 2021

वैशाख २०, काठमाडौं । चितवनमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एक गरि ४ जना संक्रमितको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमितमध्ये भरतपुर अस्पतालमा १०६, चितवन मेडिकल कलेजमा ७८ र पुरानो मेडिकल कलेजमा ३६ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवन मेडिकल कलेजमा ९ जना र पुरानो मेडिकल कलेजमा ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।यस्तै ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् ।