सैघाली खबर,
तुलसीपुर १३ माघ ।
सुस्त श्रवन बालबालिकाहरुले बोल्न र सुन्न नसक्दा शिक्षा आर्जनमा समस्या हुने गरेको वताएका छन् । बहिरा एवं न्युनदृष्टि भएका बालबालिकाहरुका लागि दुई दिने व्यावहारीक सिकाई प्रशिक्षणमा उनीहरुले यस्तो गुनासो राखेका छन् ।
राप्ती बहिरा संघ दाङको आयोजना तथा श्रवण दृष्टिविहिन संघ पोखराको सहयोगमा तुलसीपुरमा प्रशिक्षण भएको हो । तालिममा न्युनदृष्टि भएका प्रावि श्रीगैं र गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा अध्ययनरत ४० जना बहिरा बालबालीकाहरुको सहभागिता रहेको थियो । यसैबीच कार्यक्रम बक्ताहरुले आफुहरु बोल्न, सुन्न, हेर्न नसक्ने समस्या भएकाले गर्दा शिक्षा आर्जनमा सहज हुन नसकेको वताएका छन् । विद्यालयमा शिक्षकहरुले पढाउँदा साँकेतिक भाषा नहुनु साथै बोर्डमा लेखेको अक्षरहरु स्पष्टरुपमा बुझ्न नसकनु जस्ता कारणले आफुहरु पछाडि परेको उनीहरुको भनाई थियो ।
उनीहरुले आफुहरुलाई रातीको समयमा अझै अप्ठेरो पर्ने गरेको , छात्राबासमा बाहिर भित्र गर्दा पनि साथीको सहयोग लिनु पर्ने , कक्षामा पढ्दा सानो अक्षरमा लेखे देख्न नसक्ने भएको हुँदा आफुहरुको सिकाईमा सहजता ल्याउन सबै शिक्षकहरुले राम्रो सँग साँकेतिक भाषा तालिम लिनुपर्ने , बोर्डमा अक्षर अलि ठुलो लेखेर पढाउनु पर्ने तथा छात्राबासमा चौबिसै घण्टा बत्तीको व्यवस्था हुनु पर्ने वताएका थिए ।
तालिमका प्रशिक्षकहरुले श्रवण दृष्टिबिहिन बालबालीकाहरुले स्पर्श साँकेतिक भाषा प्रयोग गर्नुपर्ने विषयवस्तुमा प्रशिक्षण गरेका थिए । राप्ती बहिरा संघकी सदस्य भेगी पुनले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रशिक्षक प्रशान्त कठायत तथा लोकबहादुर गुरुङ , दोभाषे स्मृति योगी , सुनीता गुरुङ, बहिरा संघका निर्देशक प्रतिमा शर्मा , नवराज बस्नेत, डोटीराम कवँर, श्रृजना बस्नेत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।