उपत्यकामा निषेधाज्ञा जारी भएको पाँचाै दिन फोटो फिचर हेर्नुहाेस्(छत्तीस तस्बीरमा)



कमल बिक्रम जिसी, बैशाख २०,   काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड -१९ तिब्र गतिमा बढ्दै गएपछि सरकारले बिहिवार राति देखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ। अत्यावश्यक बाहेकका सबै काम हरु बन्द भएका छन् भने ,कलकारखाना ,बिद्यालय व्यापारिक केन्द्रहरु निषेधाज्ञा लागु रहुन्जेल सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।

तस्बिर : कमल जिसी

सरकारले निषेधाज्ञा जारी गरेको आज पाँचौ दिन पुगेको छ। शहरका सबैजसो स्थानमा हुने भिडभाड र आवतजावत निषेधाज्ञा संगै ठप्प भएका हुन्।

अत्यवश्यक बाहेकका सवारी लाई मात्र ओहोरदोहोरका लागि खुला गरिएको छ भने, जिल्ला प्रशासन कार्यालयको आधिकारिक पास भएमा छोडेको प्रशासनले बताएको छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारलगायत सञ्चालनमा  देख्न सकिन्छ। ती क्षेत्रका सवारीसाधनहरु सञ्चालन भएकाले पनि केही भिड देखिने ट्राफिक प्रहरी बताउँछन् ।

अघिल्ला दिनहरु भन्दा केहि अझैं कडाई गर्दै जाने सरकारको तयारी रहेको छ। निषेधाज्ञा लागु भएको पाँचौ दिन सम्म पनि कोभिड सक्रमणले तिब्र रुप लिन थालेपछि यस्तो तयारी रहेको हो।

दिनहु जसो मजदुरी गरेर छाक टार्ने वर्ग सबैभन्दा ठुलो समस्यामा रहेका छन्। कलकारखाना, निर्माण स्थल तथा अन्य काम गर्ने ठाउँ हरू बन्द रहेको हुँदा छाक टार्न धौ धौ परेको हो।

सडकमा हुने भिडभाड र हिड्डुल गर्ने पैदल यात्रु समेतलाइ निस्कन दिएको छैन। कलंकी नागढुंगा सडक खण्डमा पनि सुनसान जस्तै देख्न सकिन्छ।

काठमाडौँ उपत्यकाको निषेधाज्ञा पाँचौ दिन हेर्नुहोस् बाँकि छत्तीस तस्बीरमा ……..

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्