गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



वैशाख २०, पोखरा । गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा २०३ जना संक्रमित भेटिएका हुन् ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छन् । त्यस्तै २४ घण्टामा प्रदेशभर ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ रहेको छ । हाल प्रदेशभर २ हजार १८३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बाग्लुङमा सबैभन्दा बढी ७१ जना र पोखरामा ४६ सहित गण्डकीमा २०३ जनमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१,स्याङजामा १४, पर्वतमा ५, मनाङका ३, लमजुङ र तनहुँका २.२ जनामा रहेका छन् । गण्डकी प्रदेशमा आइतबार अहिलेसम्मकै धेरै ५७६ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये पोखरामा मात्र ३६८ जना संक्रमित भेटिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्