योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा काे बैठक सम्पन्न



धनी राम काेरी
कपिलवस्तु , बैशाख २०
योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा का सह-संयाेजक मधु सुनार काे अध्यक्ष्ातामा Zoom App मार्फत बैठक सम्पन्न भएको छ ।

बैठक मा नामावली सहितको कार्य समिति पुन: गठन गरी ५ दिन भित्र प्रकाशन गर्ने , ५ दिन भित्र उप-संयोजक तोक्ने , ५ दिन भित्र मीडिया उप-संयोजक तोक्ने , कपिलवस्तु जिल्ला को प्रत्येक नगरपालीका /गाउँ पालिकामा जेष्ठ मसान्त भित्र/ योजना तर्जुमा गर्ने बेलामा प्रपोजल पेश गर्ने , काेभिड-१९ मा अा-आफ्नो स्थान बाट आफु सुरक्षित भाई राष्ट् लाई संयोग गर्ने र तपाईंको मास्क खोई भन्ने अभियान चलाउन का लागि सम्बन्धित निकाय सँग समन्वय गर्ने निर्णय भएको याेगदान राष्ट्रकाे कपिलवस्तु शाखा का सचिव राम सब्द यादवले जानकारी दिनु भयो ।

उक्त बैठक मा कार्यसमितिका सदस्य र सल्लाहकारहरू काे सहभागीता रहेको थियो । बैठक राम शब्द यादवले संचालन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्