बिल गेट्सको बिहेको २७ वर्षपछि सम्बन्धविच्छेद



काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । बिहेको २७ वर्षपछि यो जोडीले सम्बन्धविच्छेदको घोषणा गरेको हो । सम्बन्धविच्छेदको घोषणा गर्दै उनीहरुले ‘अब हामी जोडीको रुपमा साथमा रहन सक्छौं भन्ने विश्वास छैन’ भनेका छन् ।

‘हाम्रो सम्बन्धका विषयमा लामो विचार विमर्शपछि हामीले हाम्रो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं’ उनीहरुले ट्वीटमा लेखेका छन् । उनहिरुको पहिलो भेट १९८० को दशकमा भएको थियो जतिबेला मेलिन्डाले बिलको फर्ममा काम गर्न सुरु गरेकी थिइन् । यो अर्बपती जोडीका तीन सन्तान छन् र उनीहरुले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन चलाउँछन् ।

यो संस्थाले संक्रामक रोगविरुद्ध लड्न, बालबालिकालाई भ्याक्सिन लगाउन प्रोत्साहित गर्ने लगायतका धेरै काममा अरबौं डलर खर्च गरेको छ । गेट्स दम्पतीले वारेन बफेटसँग सिमलेर गिभिङ प्लेज भन्ने अर्को अभियान पनि चलाइरहेका छन् जसले अर्बपतिहरुलाई आफ्नो धनको केही हिस्सा राम्रो कामको लागि खर्च गर्न आह्वान गर्छ ।

बिल गेट्स अहिले विश्वका चौथो धनी व्यक्ति हुन् । उनको नेटवर्थ १२४ बिलियन डलर भएको फेर्ब्सले जनाएको छ । उनले यो पैसा १९७० को दशकमा स्थापना गरेको फर्म माइक्रोसफ्टबाट कमाएका हुन् । माइक्रोसफट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो । यो जोडीले सम्बन्धविच्छेदको घोषणा गर्दै आफ्नो वक्तव्य ट्वीटरमा पोस्ट गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्