लक्ष्मी गदाल र अभिनेता किशोर खतिवडालाई सिर्जना वाग्लेको समूहले कालो मोसो लगायो



काठमाडौं । लामो समयदेखि चर्चामा रहेकी लक्ष्मी गदाल र अभिनेता किशोर खतिवडा एकपटक पनुः विवादमा आएका छन् । अधिकारकर्मी सिर्जना वाग्लेले गदालको डेरामा पुगेर कालोमोसो लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

केहि समय पहिले लक्ष्मीले अभिनेता खतिवडामाथि गम्भीर आरोप लगाएकी थिइन् । तर पछि उनीहरु आफैं सञ्चारमाध्यमहरुमा आएर त्यो सबै नाटक अरु कसैले गर्न लगाएको भनेका थिए । त्यसमा पहिलो नाम सिर्जना वाग्लेको रहेको थियो ।

सिर्जनामाथि लक्ष्मीले १० लाख असुल्नपर्छ भनेर बेहुली बनाउनेदेखि लिएर पेट बनाएकोसम्मको नक्कली आरोप किशोरलाई लगाएको भनेकी छिन् । घरबेटीको अनुमतिमा लक्ष्मीको कोठामा पुगेका सिर्जनासहितको समुहले ठुलो नाटक मञ्चन गरेको आरोप लागेको छ ।

लक्ष्मीका अनुसार सिर्जनाले उनलाई प्रयोग गरेर किशोरसँग पैसा असुल्न खोजेकी थिइन् । विवाद बढ्दै गएपछि अहिले किशोरले आफुहरुको विवाह भएको भन्दै हिडेका छन् ।

सिर्जनामाथि लक्ष्मीले १० लाख असुल्नपर्छ भनेर बेहुली बनाउनेदेखि लिएर पेट बनाएकोसम्मको नक्कली आरोप किशोरलाई लगाएको भनेकी छिन् । घरबेटीको अनुमतिमा लक्ष्मीको कोठामा पुगेका सिर्जनासहितको समुहले ठुलो नाटक मञ्चन गरेको आरोप लागेको छ ।

तर छिमेकीहरुले उक्त घटना सम्बन्धीत ठाउँमा गएर मिलाउन भन्दै चेतावनी पनि दिएका छन् । घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनबाेलिबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्