अधिकारविहीन खुला जेलबाट मुक्त भएँ, खुसी छु



वैशाख, पोखरा । अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई ।’

उनले भने, ‘पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

आफू पदमुक्त भएको जानकारी मिडियामार्फत पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकिर गरे ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिंदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्