सैघाली खबर,
चितवन १३ माघ, । प्रचण्ड चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले गरेका पछिल्ला निर्णयले कांग्रेसको लोकतान्त्रिक चरीत्र विपरित भएको बताएका छन् । भरतपुर विमानस्थलमा प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दीर्घकालिन महत्व र गम्भिर प्रकृतिका निर्णय धमाधम गर्दा त्यसले घाटा कांग्रेसलाई हुने टिप्पणी गरे ।
एमालेले केहीदिन अघि सरकारका पछिल्ला काम कारर्वाहीका विषयलाई लिएर गरेको पत्रकार सम्मेलन नै माओवादी केन्द्रको पनि आधिकारीक धारणा भएको अध्यक्ष प्रचण्डले प्रस्ट पारे ।
उनले नयाँ सरकारले देउवा सरकारका पछिल्ला निर्णयहरुमा पुर्नविचार गरेर मात्रै अघि बढ्ने बताए । पार्टी एकता सम्वन्धी प्रसङमा अध्यक्ष प्रचण्डले सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी काम अघि बढेको बताए । ‘मेरो धारणा भन्नुहुन्छ भने त सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु त्यो जनभावना अनुसार पनि हुन्छ हामीले गरेको प्रतिवद्धता अनुसारपनि हुन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘दुवै पार्टीको अध्यक्ष लेभलमा पनि हाम्रो गम्भिर छलफल भएको छ।’
सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेकोमा आपत्ति नभएपनि काम चलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने अध्यक्ष प्रचण्डको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।