टप फिचर

आज शहर सुनसान छ र म भौतारि रहेको छु

By Thaha - Online

May 04, 2021

आज शहर सुनसान छ र म भौतारि रहेको छु मान्छेहरूको खोजिमा ।

त्यहि चोकको चिया पसल हो बिहान सयौं मान्छे जमघट हुने देशको गफ हुन्थ्यो विदेशको गफ हुन्थ्यो राजधानी र सिंहदरबारको गफ हुन्थ्यो खोई त आज न चिया पसले छ न कुनै मान्छे नै छन चोकमा सुनसान सुनसान छ शहर पनि सबै सबै तिर शुन्य राखेर कता गएछन शहरका मान्छेहरू ?

गल्लि गल्लि खोजे चोक चोक भौतारिए पसलमा गए क्लबमा गए पार्टी प्यालेसमा गए अफिसमा गए कोहि भेटदिन जहाँ गए पनि सबै खाली खाली छ खोक्रो, शुन्य, खण्डहर खालि शहर मात्र देख्छु एक्लै हिडिरहेछु म किन नामो निशान छैन मान्छेहरूको ?

पर क्षितिजसम्म हेर्छु डाँडा देखिन्छ निलो आकाश देखिन्छ पहाड देखिन्छन तर मान्छे देखिदैनन हिजो सम्म त सबै यहि थिए आज एक्कासि के भएछ ? एकजना सम्म मान्छे देख्दिन जाँउ पनि नभनेर जान्छु पनि नभनेर मलाई एक्लै छाडि सबका सब हुल बाँधेर हैन कता हराए शहरका मान्छेहरू ?

म आफेै मरे कि भनेर आफेैलाई जाँच्छु मुटुको धडकन ठिक छ नाडीको चाल ठिक छ दिमाग चलेकै छ यसो हातमा चिमोट्छु च्वास्स दुख्छ मरेछु पनि कसरी भन्नु ? आँखा फुट्यो कि भनौ पर पर सम्म कमिला हिडेको पनि देख्छन यिनै नाङ्गो आँखाले तर एक जना पनि मान्छे देख्दैनन एक्कासि शहरबाटै हराउनुपर्ने खै के भयो शहरका मान्छेहरूलाई ?

के आपतमा परे त मान्छेहरू, हुरी चल्यो भन्यौ बगैचाको फुल सग्लै छ आगो लाग्यो भनौ न धुँवा छ, न डडेलो देखिन्छ वाढी आयो भनौ वगर छैन, पानिको निशाना छैन घर ढल्यो भन्यौ ठिङ्ग उभिएको छ कालभैरवको मुर्तिजस्तै महामारी भनौ न टाउको दुख्छ, न पेट दुख्छ तै पनि के भयो ? सारा शहर नै रित्तो पारेर कहाँ गए त शहरका मान्छेहरू ?

केही मान्छेहरू भेला पारेर भावि योजना सुनाउनु थियो केही सपना सुनाउनु थियो उनिहरुका कुरा सुन्नु थियो विकास र देशभक्तिको बहस चलाउनु थियो खुसि बाँड्नु थियो दु:ख साट्नु थियो खै कसलाई सुनाउनु ? न सुन्ने छन न सुनाउने छन रित्तो रित्तो छन हलमा कुर्सिहरू आज किन आएनन होला त सधै शहरमा भेटिरहने मान्छेहरू ?

के छ भनेर सोध्ने नि कोही छैन बस, म आँउछु नि कोही भन्दैन क्षितिज हेरेर, आकाश हेरेर जुन हेरेर, तारा गनेर म शहर सम्हालि रहेछु भोलि मान्छेहरू फर्कने आशामा तैपनि एउटा प्रश्न दिमागमा आईरहन्छ मलाई एक्लै एक्लै छोडेर हैन यी मान्छेहरू कहाँ गए त ?

(कृपया हजुरकोतिर भए खबर पाँउ )