५ नं. प्रदेश सभाको पहिलो बैठक माघ २१ मा



सैघाली खबर
दाङ, १३ माघ । ५ नम्बर प्रदेशको पहिलो बैठक २१ माघमा बस्ने तय भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण गरेको एक हप्तापछि प्रदेशको पहिलो बैठक आहृवान गरेका हुन् । ञ२१ गतेलाई बैठक मिति तय गर्‍यौं, दिनको १ बजे बैठक शुरु हुनेछ’ प्रमुख झाले भने ।

प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

संसद भवन निर्माणका लागि आइतबारदेखि थप काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय प्रयोग गर्ने अहिलेसम्मको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्