अर्याल होटलबाट माधव नेपाल किन हानिए देउवा निवास ?



काठमाडौं  । प्रधाननमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित संघीय संसद्का २७ सांसदलाई स्पष्टीकरण पत्र काटेपछि उनीहरूको सांसद पदलाई लिएर अनेकौँ प्रश्न र अड्कलबाजी सुरु भएका छन् ।

दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेस गर्न निर्देशन दिइएको छ । पत्रकाटिएकै दिन नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेका छन् । देउवा निकट स्रोतका अनुसार कानुनी रुपमा सांसदपद नजाने भएकोले ‘फ्लोर क्रस’ गरेर ओलीसत्ता ढाल्ले आस्वासन दिएको जानकारी दिए ।

खनाल र नेपालको आस्वासनसंगै देउवा पनि प्रधानमन्त्रीका लागि उत्साहित भएका छन् । अवको केही दिनमै माओवादी केन्द्रले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता दिने तयारी गरेको छ । माओवादीले सत्तागठबन्धनको निश्चत भएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि देउवा निवास बुढानिलकण्ठ पुगेका एमाले नेताद्वय खनाल र नेपाल देउवासँगको छलफलपछि टोखास्थित नेता भीम रावलको निवासमा गएका थिए । देउवासँगको छलफलमा केपी ओलीले सांसद सदस्यबाट कारवाही गर्ने कानुनी प्रक्रिया पुयाउन आफूहरुसँग स्पष्टिकरण सोधेको भए पनि कारवाहीबाट जोगिने ढंगले कानुनी रीत पुयाएर जवाफ दिइने बताएको छ ।

पछिल्लो समय माधव नेपाल पक्ष कांग्रेस, माओवादी र जसपाको बाबुराम उपेन्द्र पक्षसँग निरन्तर संवादमा छ । ओलीलाई सत्ताच्युत गर्न सक्दा एमालेभित्रै आफूहरु बलियो बन्न सकिने आँकलन नेपाल पक्षको छ । दुई दिनअघिमात्र माधव नेपालले प्रचण्डसँग कोटेश्वरका ब्यापारी चन्द्रलाल श्रेष्ठको घरमा भेटेर छलफल गरेका थिए । त्यो भेटपछि ओलीले फ्लोर क्रसका लागि २२ जना सांसद तयार रहेको सूचना पाएपछि सोमवार केन्द्रीय कमिटी बैठक बोलाएर स्पष्टिकरणको कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदा एमालेका जति जना सांसदले फ्लोर क्रस गर्दा बहुमत पुग्छ त्यति संख्या तयार रहेको नेपाल पक्षले आश्वासन दिएको सूचना बालुवाटारमा पुगेको छ । एमाले नेता रावलले कर्णालीमा भएको फ्लोर क्रसको क्रम संघीय संसदसम्म पुग्ने बताएका छन् । रावलले प्रदेश देखि केन्द्रसम्म फ्लोर क्रस गर्ने भन्दै चेतावनी दिदैं आएका छन् ।

ओलीले स्पष्टीकरण पत्र पठाएका संघीय संसद्का २७ जनामा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरू, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् । त्यस्तै, कर्णाली प्रदेशका पाँचजनामा प्रकाश ज्वाला, अमर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र दिलकुमारी वली छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्