प्रदेश समाचार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘लकडाउन’को पालना भने जस्तो देखिदैन

By Saru Sunar

May 04, 2021

प्रकाश आचार्य, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को पालना भने जस्तो देखिदैन। कोरोनाको उच्च जोखिमको सुचिमा आउने सुर्खेत अनि सुर्खेतका अधिकांस सडक सवारी साधन तथा पैदल यात्रीले भरिएकै हुन्छन् । थरि-थरि संस्थाका परिचय पत्र देखाएर खुलेआम सडकमा गाडि गुडीरहेका छन्। मंगलवार नेपाल पत्रकार महासंघ सुर्खेतका नव-निर्वाचित पदाधिकारीहरुले वीरेन्द्रनगरमा लकडाउनको निरिक्षण तथा अनुगमन गरेका थिए ।

निरिक्षणका क्रममा थरि-थरि संस्थाका परिचय-पत्र वोकेका यात्रीहरु फेला परेका थिए। उनिहरु अफिसको महत्वपुर्ण काममा हिडेको वाहाना वनाएर वजारमा हिडिरहेका थिए। आफुलाई पत्रकारको सुचिमा राखेर गैरकानुनी रुपमा परिचय-पत्र वोकेर हिड्नेको संख्यापनि कम थिएन।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित वसेलका अनुसार सुर्खेतको वीरेन्द्रनगरमा यस्तै अवस्था रहे ‘लकडाउन’ हुनु र नहुनुमा कुनै अन्तर नरहेको वताए। लकडाउनलाई थप कडाईका साथ पालना नगरे सुर्खेतले अझ कोरोनाको भयावह अवस्थाको सामना गर्नुपर्ने भन्दै सवैलाई सुरक्षित हुन आग्रह गरे।