बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु



काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्