नियमित उडान बन्द भएपनि चार्टर्ड र उद्धार उडान भने कायम रहनेछन



सरकारले वैदेशिक रोजगारीमा जानेलाई बिहीबारदेखि श्रम स्वीकृाति दिन बन्द गर्ने तयारी गरेको छ।

यस विषयमा निर्णय गर्न बुधबार मन्त्रालयमा बैठक बस्ने तयारी भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।

‘आधिकारिक निर्णय भोलि नै हुन्छ, तर अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको अवस्थामा श्रम स्वीकृति दिइरहन सकिँदैन। अहिले नै पूर्वस्वीकृतिहरु कम गरेका छौं, आज भोलि नै फ्लाइट छ भन्नेहरुलाई दिइरहेका छौं’, महानिर्देशक दवाडीले नेपालखबरसँग भने।

श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले पनि श्रम स्वीकृति के गर्ने भन्ने विषयमा विभागसँग कुरा भइरहेको र भोलि विभागले प्रस्ताव लिएर आएपछि निर्णय हुने बताए।

सरकारले वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्ने निर्णय गरिसकेको छ।

आन्तरिक उडान बन्द भइसकेका छन् भने बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुँदैछन्।

यस्तो अवस्थामा श्रमिक जान नसक्ने भएकाले श्रम स्वीकृति पनि रोक्ने तयारी भएको हो।

गत वर्ष पनि अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सरकारले श्रम स्वीकृति पनि बन्द गरेको थियो।

नियमित उडान बन्द भएपनि चार्टर्ड र उद्धार उडान भने कायम रहनेछन्।

चार्टर्ड उडानमार्फत आउजाउ गर्नेलाई पनि मापदण्ड तोकिएको छ।

१० दिन आफ्नै खर्चमा अनिवार्य होटल क्वारेन्टिन बस्नु पर्नेछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्