खेलकुद

कोरोनाबाट वरिष्ठ कराँते प्रशिक्षक बज्राचार्यको निधन

By Thaha - Online

May 04, 2021

काठमाण्डौ, बैशाख २१ । नेपाली कराँतेका हस्ती मानिएका रामजीप्रसाद बज्राचार्यको कोरोनाको संक्रमणबाट निधन भएको छ। उनको गणेशमान सिंह मेमोरियल अस्पताल पाटनमा उपचार भैरहेको थियो।

नेपाल कराँते फूलकन्ट्याक्ट महसंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले आफनो खेल जीवनमा विभिन्न स्वदेशीतथा विदेशी प्रतियोगिता जितेका थिए। उनि लामो समयदेखि फुलकन्ट्याक्ट क्योकुशिन कराँतेका बरिष्ठ प्रशिक्षकका रुपमा क्रियाशील थिए। धरानका बज्राचार्य हाल ललितपुरमा बसोबास गर्दै आईरहेका थिए।