महोत्सव तयारीका लागि समिति गठन



सैघाली खबर
दाङ, १३ माघ । दाङ उद्योग वाणीज्यसंघले फाल्गुन ३ गतेदेखी दाङको घोराीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि मेला लाई सफल वनाउन विभीन्न उपसमिति गठन गरिएको छ ।

दाङ उद्योग वाणीज्य संघले महोत्सव सफल पार्न सरोकारवाला निकायहरु संग छलफल गरी उपसमििित गठन गरेको हो । जसमा धार्मीक उपसमीतीका संयोजक विन्दु दाहालको अध्यक्षता एवं महोत्सव मुल आयोजक समितिका सहसंयोजक उद्योग उपाधयक्ष वसन्त जोशीको प्रमुख आतीथ्य एवं दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं मुलआयोजक समितिका संयोजक नारायण प्रसाद भुसालको विशीष्ट आतिथ्यमा सम्पन्न छलफल कार्यक्रमले विन्दु दाहालको संयोजकत्वमा रहेको महीला उद्यामी तथा धार्मीक उपसमिति धार्मीक विस्तार गरेको हो ।

उपसमितिको उपसंयोजकमा प्रेम शाह , शारदा पोख्रेल , उदय डागी ,विष्णु कालाथोकी, भोलानाथ योगी, कुमुद पोख्रेल, निमानन्द रिजाल, पूर्ण वहादुर भण्डारी, विष्णुराम आचार्य, दिपेन्द« न्यौपाने, भुप लाल रोकामगर, गीता दिदी, निर्मला न्यौपाने , मीना विस्ट रहनुभएको छ ।

यसैगरी शनिवार सम्पन्न वैठकले उपसमितिमा दाङका सवै धार्मीक समीतीका व्यक्तीहरुलाई सदस्यमा राख्ने, महोत्सव अवधिभर हरेक दिन विहान ५ वजेदेखी ६ वजेसम्म दैनीक रुपमा योग शिवीर संचालन गर्ने , योगको प्रचार प्रसार र यसको प्रभावकारीतावारे महोत्सव अवधिभर दिउसोमा प्रवर्चन गर्ने, दाङको धार्मीक एवं पर्यटकीय क्षेत्रको विकासका लागी स्र्वद्धारी प्रभु महराजको प्रतीमा मुर्ती र पाण्डवेश्वर मन्दीर धारापानीको त्रिशुल र शिवलीगंको नमुना महोत्सवस्थलमा राखीने पनी आजको वैठकले निर्णय गरेको छ।

त्यसअवसरमा महोत्सव मुलआयोजक समीतीका सहसंयोजक एवं कार्यक्रमका प्रमुख अतीथी वसन्त भुसालले दाङ उद्योग वाणीज्यसंघले लगाउन थालेको महोत्सव स्थानीय उत्पादनलाइ प्रवद्र्धन र वजारीकरणका लागीमहत्वपुर्ण थलो रहेकोले यसलाय सवैले सहयोग गर्नुपर्ने वताउनु भयो ।

यसैगरी कार्यक्रमका विशीष्ट अतीथी एव महोत्सव मुलआयोजक समीतीका संयोजक एवं उद्योग वाणाीज्यसंघका अध्यक्ष नारायाण प्रसाद भुसालले यसपटको महोत्सवले स्थानीय उत्पादन स्थानीय लघुउद्यमी हरुलाइ वाहीर ल्याउन र उनीहरुको उत्पादीत वस्तुलाइ वजारीकरण गर्न कोशेढुंगा सावित हुने वताउदै यसलाइ सभ्य र भव्य रुपमा सफल वनाउन सवैको सहयोग हुनुपर्ने वताउनु भयो ।

यस्तै कार्यक्रममा वोल्दै महोत्सव प्रचार प्रसार उपसमीतीका संयोजक माया पोख्रेलले महोत्सव दंगालीको साझा र आफनै महोत्सव भएकाले यसलाइ सफल पार्नु सवैको कर्तव्य भएको वताउदै सहयोगका लागी सवैलाय आग्रह गर्नुभयो। कार्यक्रमको सहजीकरण रामप्रसाद पोखैलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्