मुख्य समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार उपेन्द्र निवासमा

By Saru Sunar

May 05, 2021

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने,अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने र राष्ट्रियसभाको उप निर्वाचनमा सहकार्य गर्ने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको जसपा नेपाल स्रोतले जनाएको छ ।