प्रदेश समाचार

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

By Saru Sunar

May 05, 2021

वैशाख २२, काठमाडौँ  । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको भन्दै मंगलबार समाचार सार्वजनिक भएको थियो।