सैघाली खबर
बुटवल, १४ माघ
प्रदेश ५ को पहिलो बैठक माघ २१ गते बस्ने निश्चित भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेशको पहिलो बैठक आहृवान गरेका छन् । २१ गतेकोलागि आह्वान गरिएको बैठक दिनको १ बजे बैठक शुरु हुने प्रमुख झाले जानकारी दिएका छन् ।
प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् । संसद भवन निर्माणका लागि आइतबारदेखि थप काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय प्रयोग गर्ने अहिलेसम्मको तयारी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।