जुम्लामा भारतको सहयोगमा जलविद्युत प्लान्ट पुनःस्थापना



वैशाख २२, काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनःस्थापना भएको छ ।

भारत सरकारले दुई करोड ६३ लाखका आर्थिक सहयोगमा सो प्लान्ट पुनस्र्थापना गरेको हो । २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो । प्राकृतिक विपदका कारण सो प्लान्टमा क्षति पुगेको थियो ।

सो प्लान्टको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति,जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो । भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये जुम्ला जिल्लामा मात्र ६ वटा परियोजना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्